arrow

सत्र जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
kouda-tash-juwa.jpg
फाइल तस्बिर

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १७ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजे व्यास नगरपालिका वडा नं. ५ ठूलोघुम्तीस्थित यमबहादुर कुमालको पुरानो घरमा हार जितको बाजी राखेर जुवा (तास) खेलिरहेका अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घरधनी यमबहादुर कुमालसहित सुरेश अधिकारी, सूर्य कुमाल, विज्ञान खनाल, मीनबहादुर थापा, बिष्णुकुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बीरबहादुर सुनार, शम्भु कुमाल, रबीन्द्र कुमाल, राजकुमार गुरुङ, शान्तबहादुर दरै, रामबहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह छन् । 

उनीहरुको साथबाट २५ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी दिपकुमार रायले जानकारी दिए । 

पक्राउ परेकाहरु विरुद्ध जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ६ दिनको म्याद थप अनुमति अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ