arrow

मेस्सीले पेनाल्टी मिस गरेको खेलमा विजयी हुँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
copa-america-2024-arg-equ.jpg

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी  लियोनेल मेसीले मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए । 

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वार्टरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरी समयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ