arrow

देवरले भाउजुलाई गोली हाने

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
dewar-le-bhaujulai-goli-daje-].jpeg

दाङ  । गोली प्रहार गरी आइतबार साँझ दाङमा एक महिलाको हत्या भएको छ । दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले बताए ।

साँझ साढे ५ बजेको समयमा पूर्णालाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियान चलिरहेकै बेला देशभर आपराधिक गतिविधि बढेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ