arrow

पहिरोमा पुरिएर ३ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
Tanahun_District.png
फाइल तस्बिर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोमा पुरिएर शनिबार ३ जना बेपत्ता भएका छन् ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरोमा परेर स्थानीय तीन जना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ