arrow

ब्रजिल कोपा अमेरिकाबाट बाहिरियो, उरुग्वे सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
copa-america-2024-bra-uruguay.jpg

काठमाडौँ । उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा विश्वकपकै सर्वाधिक सफल टिम ब्रजिलमाथि जित हासिल गर्र्द उरुग्वेले  सेमिफाइनलमा स्थान बनाएको हो । 

उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

यस खेलको ७४ औँ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।   

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ