arrow

नेपाल एसबिआई बैङ्कले मनायो ३१ औँ वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
sbi-nepal-bank-31-anniversary-2024.jpg

काठमाडौँ। नेपाल एसबिआई बैङ्क लिमिटेडले ७ जुलाई २०२४ मा बैङ्कको ३१ औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैङ्कले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैङ्कका सबै कर्मचारीहरूले बैङ्कप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैङ्कको उपलब्धिको बारेमा प्रकाश पारे। साथै उनले बैङ्कको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिएका छन्। त्यसै गरी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डाले बैङ्कको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरेका छन्। प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्तले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। साथै, बैङ्कले सो अवसरमा सबै शाखा तथा कार्यालयहरूबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई मिठाई वितरण गरेको थियो।

नेपाल एसबिआई बैङ्कले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपूर र रामपुर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ