arrow

प्रम-अमरिकी राजदुत भेट: संविधान कार्यान्वयन गर्न सरकार गम्भीर

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
PM_US_Ambassador.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ । 
 
अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको छ भन्नुभयो । 
 
प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमकालीन न्यायको व्यवस्थापन गरिने बताउनुभयो । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उहाँले चासो राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
 
सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट गर्नुभयो । “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उहाँले भन्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ