दैलेख । सांसद विकास कोषको रकम विनियोजनमा कार्यविधि मिचेको भन्दै सभासद एवं पुर्व स्थानीय विकास राज्य मन्त्रि कुन्तिकुमारी शाहीले माइनुट च्यातेकी छन् । दैलेख क्षेत्र नम्बर १ का ने.क.पा. एमालेबाट विजयी सभासद अम्मर बहादुर थापाले पुर्वाधार विकास कार्यक्रमका सदस्य समेत रहेका समानुपातीक सभासद ललीता कुमारी रेग्मी र कुन्ती शाहीलाई जानकारी नदीई रकम विनीयोजन गरेको भन्दै सांसद शाहीले उक्त माइनुट च्यातेकी हुन् ।
आफुहरुलाई आईतवार साझ ४ बजे बैठक बस्ने भनेर बोलाएपनि आफु आउनु अगाडि नै छलफल गरि पहिलेनै निर्णय गरि माईन्यूट उठाएको थाहा पाएपछि सभासद शाहिले सो माईनुट च्यातेकी छन् । बाँके सरुवा भएका स्थानीय विकास अधिकारी हरि प्याकुरेल र सभासद थापाले योजना र विनियोजीत रकममा चलखेल गर्ने नियतले त्यसरी सदस्य सभासदहरुलाई झुक्याएर योजना विनीयोजन गरेको समानुपातीक तर्फका सभासद तथा पुर्वाधार कार्यक्रमका सदस्य एवं पुर्व स्थानीय विकास राज्य मन्त्रि कुन्ति शाही र सभासद ललिता रेग्मीको आरोप छ ।
यस बारेमा सभासद ललीता कुमारी रेग्मीले आफुलाई यो निर्णय मान्य नहुने बताईन् । उनले भनिन् कम्तीमा ७ दिन अगाडि नै सार्वजनिक सुचना गरेर खबर गरेर बैठक बस्नुपर्नेमा थाहै नदिई गोप्य रुपमा वैठक वसेर हस्ताक्षर गर्न ल्याएर आउनु आपत्ती जनक भएको वताइन् । त्यस्तै अर्का सदस्य सभासद कुन्ती शाहीले यसरी जिल्लाको विकास नहुने भन्दै एकलौटि रुपमा स्थानीय विकास अधिकारी र सभासद थापा मिलेर गरेको निर्णय बैधानिक नभएकाले च्यातेको प्रतिक्रिया दिईन ।
गत वर्ष पनि स्थानीय विकास अधिकारी प्याकुरेल र सभासद थापाको मिलेमतोमा प्रकृया मिचेर रकम विनीयोजन गरेको प्रती असन्तुष्टी जनाउदै आईरहेका सभासदहरुले यसपटकको पनी सोहि घटना दोहोरीएकोले आपत्तीपुर्ण भएको बताएका हुन् । त्यतिमात्रै होइन गत आ.व.मा संसद विकास कोष बाट भएका विकास निर्माणका कार्यक्रमहरुमा अनुगमन समितिले अनुगमन नगरिकनै रकम भुक्तानी गरिएको प्रति सांसदहरुले शंका व्यक्त गरेका छन् ।