- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले जताततै टु–लेट मात्र लेखेको देखिन पाइन्छ ।
मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ,टु–लेट लेखेको मात्र देखिन पाइन्छ ।
भव्यदेखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । सानादेखि ठूला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून नै छ भन्दा हुन्छ।
राजधानीका मलहरु कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्दथ्यो तर अहिलेको अवस्था फरक छ । ठूला ठूला भनिएका मलहरु सुनसानमात्र देखिन्छन् ।