arrow

मोदीलाई पुटिनले दिए रुसको सर्वोच्च नागरिक सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
modi-putin-honoured-2024.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा सबैभन्दा ठूलो सम्मान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका हुन् । 

पुटिनले मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिएका हुन् । 

उक्त ठूलो सम्मान मोदीले भारतीय नागरिकलाई समर्पित गरेका छन् । सोमबार रुस पुगेका मोदीले राष्ट्रिपति पुटिनसँग शिखर वार्तामा सहभागीता जनाए । 

सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे । 

प्रधानमन्त्री मोदीले एक मित्रको नाताले निरन्तर युद्दको मैदानबाट शान्तिको बाटो ननिस्कने बताएँदै आउका छन् । उनले भनेका छन्, ‘बम, बन्दुक र गोलीबीच शान्ति सम्भव छैन ।’

शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै त्यस्तो आतंकवादको कडा निन्दा गर्ने बताए । 

मोदीले विश्व शान्तिका लागि पुटिन लाग्नु खुशीको कुरा भएको भन्दै भारत विश्वमा शान्ति बहालीका लागि हरसहयोग गर्न तयार रहेको बताए । 

मोदीले पुटिनसँग जब ज्यानको नोक्सान हुन्छ तब मानवतामा विश्वास राख्ने हरकोहीलाई दुःख हुने भन्दै यसबारेमा चर्चा गरेको उल्लेख गरेका छन् । 

रुस भ्रमणका क्रममा मोदीले रुसी सेनामा कार्यरत भारतीयहरुलाई भारत फिर्ता पठाउन गरेको आग्रहलाई पुटिनले स्वीकारेको पनि उल्लेख गरिएको छ । 

मोदीलाई अहिलेसम्म १४ देशले उच्च सम्मान गरिसकेका छन् । जसमा रुस (९ जुलाई २०२४, भुटान (२२ मार्च २०२४), ग्रीस (२५ अगस्त २०२३), फ्रान्स (१४ जुलाई २०२३), इजिप्ट (२५ जुन २०२३), पपुवा न्यूगिनी (२२ मे २०२३), फिजी (२२ मे २०२३), अमेरिका (२१ डिसेम्बर २०२०), बहराइन (२४ अगस्त २०१९), यूएई (२४ अगस्त २०१९), माल्दिभ्स (८ जुन २०१९), प्यालेस्टाइन (१० फेब्रुअरी २०१८), अफगानिस्तान (४ जुन २०१६) र साउदी अरेबिया (३ अप्रिल २०१६) रहेका छन् । 

मोदी सन् २०१४ देखि निरन्तर भारतको प्रधानमन्त्री भइरहेका छन् । उनको तेस्रो कार्यकाल सन् २०२९ मा सकिने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ