arrow

अर्जेन्टिना र क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
copa-america-arg-canada.jpg

काठमाडौँ । कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडा भिड्दै छन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजेदेखि शुरु हुँदैछ ।

पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानाडाले क्वार्टरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । 

क्यानाडा समूह चरणमा अर्जेन्टिनासँग एकै समुहमा रहेको छ । समूह चरणको खेलमा क्यानाडा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिना ३७औँ पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक कोपाको उपाधि जितेका छन् ।

अर्जेन्टिना र क्यानाडाबीच अहिलेसम्म केवल दुई खेलमात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ