arrow

सडक दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
Accident-sign.jpg

काठमाडौँ ।  उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।
 
“पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए । 

“टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ