arrow

सिन्धुलीमा राप्रपा र राप्रपा नेपालबीच एकता

श्रेष्ठको अध्यक्षतामा २५ सदस्यिय सम्पादन समिति गठन

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर २० सोमबार
rpps.jpeg
सिन्धुली। राप्रपा र राप्रपानेपालको सोमबार सिन्धुलीमाढीमा आयोजित एक समारोह विच एकिकरण भएको छ । साथै आगामी जिल्ला अधिवेशनको लागी भिष्मराज श्रेष्ठको अध्यक्षतामा २५ सदस्यिय जिल्ला स्तरिय उच्च कार्य सम्पादन समिति गठन गरिएको छ ।
 
जसमा सहध्यक्ष शम्भु कुमार कार्की सदस्यहरुमा अशोक भण्डारी, इन्द्र भुजेल, टोप वहादुर घिसिङ्घ, मित्र वहादुर थापा, सुरज विक्रम थापा, अर्जुन कुमार दाहाल, विर्ख वहादुर श्रेष्ठ, सुक्र वहादुर विशङ्खे, हिरा कार्की, पुस्कर प्रसाद अधिकारी, नारायण वहादुर भुजेल, सुमित्रा ठकुरी, भिमप्रकाश श्रेष्ठ, लक्ष्मण वराल, मकर वहादुर कार्की, चन्द्र कुमार घिसिङ्घ, विष्णु खतिवडा, नानिराम कार्की, हरि बुढाथोकी, प्रमोद कार्की, केदार प्रसाद घिमिरे, सोम वहादुर वाइवा र विनिता सारुमगर रहेको छन् ।  
 
भिष्मराज श्रेष्ठको अध्यक्षता तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद मल्ल, लाल बहादुर लामा र उज्वलविक्रम थापा जिल्ला नेताहरु सम्भु कुमार कार्की, अशोकराज भण्डारी, मकर कार्की लगाएतले मन्तव्य व्यक्त गरेको थिए । मंसिर ६ गते राप्रपा (हलो) र राप्रपा नेपाल (गाई) पार्टी बीच एकीकरण भए पश्चात जिल्ला एकताको कार्यदिशा अगाडी वढेको हो । 
 
२०४५ सालको जनआन्दोलन पश्चात २०४६ मा दोश्रो पटक प्रजातन्त्रको पुर्नवहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा(थापा) र राप्रपा(चन्द) पार्टी पटक–पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो ।
 
संवैधानिक राजतन्त्र अवधारणा बोकेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसाथ गरेको राप्रपाले यी दुई दृष्टिकोणमध्ये कसलाई अघि बढाउने भन्ने विषयलाई भने महाधिवेशले टुङ्गयाउने छ ।राजतन्त्र पुनर्स्थापनाको माग बोकेर जनताको सहानुभूति बटुल्न सफल भएको पार्टीलाई एकीकरण पछी जनताले कस्तो नजरले हेर्नेछन र ब्यबहार कस्तो देखाउनेछन त्यो हेर्न भने निर्वाचन कुर्नु पर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ