arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १८ औँ वार्षिकोत्सवमा रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
money-transfer-81-3-27.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर बिहीबार १७ बसन्त पार गरेर १८ औँ वर्षमा प्रवेश गरेको छ ।  

१८ औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिटी एक्सप्रेसले ‘रक्तदान गर्नुहोस्, जीवन दान दिनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।
 
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा चालु गरेको छ । साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ