- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसका यात्रुहरूको खोजी कार्य जारी छ । गत राति वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस त्रिशूली नदीमा दुर्घटना हुँदा करिब ५१ जनाको बेपत्ता रहेका छन्।
आज बिहान करिब ३:३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा परेर ती बस त्रिशूलीमा खसेका थिए।
काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य र उद्धारका लागि करिब २ सय जना सुरक्षाकर्मी खटिएका छन्। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चितवन र कास्कीमा रातीदेखि खोजी कार्यमा लागेको छ।
सेनाले बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको छ । चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
यसैगरी कास्की, कैलाली, कञ्चनपुर, सर्लाही, तनहुँलगायत मनसुन सुरू भएयता देशका विभिन्न स्थानमा गएको बाढीपहिराबाट प्रभावितको खोज तथा उद्धारमा समेत सेना खटिरहेको निर्देशनालयले जनाएको छ ।