arrow

गच्छदार सहभागी कार्यक्रममा हवाईफायर, जड्याहा घुसेपछि तनाव

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
gachhedar.jpg.jpeg
बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा सोमबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ । 
 
मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 
 
“कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रनाउ राईले बताए । भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ । सो गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो । 
 
घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो । 
 
प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ