arrow

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
Recep-Tayyip-Erdogan.jpg.jpeg

काठमाडौँ । उत्तरी इराक र सिरियामा कुर्दिशस्थान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्ध टर्किएको सेनाको कारबाही अन्त्य भएको घोषणा टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार गरेका छन् । 

टर्किएले सन् २०२२ को अप्रिलमा उत्तरी इराकसँगको आफ्नो सीमा सुरक्षित गर्न पीकेके) लडाकुविरुद्धको लडाई (अपरेसन क्लाउ–लक) सुरु गरेको थियो ।

“हामी चाँडै नै उत्तरी इराकको कारबाहीलाई रोक्नेछौँ”, राष्ट्रपति एदोगानले भने, “कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेका छन् ।”

पीकेके इराक र सिरिया दुवैमा ‘पूर्ण रूपमा फसेको’ भन्दै युवा सैन्य स्नातकहरूलाई सम्बोधन गर्दै टर्किएको सेनाले ‘उनीहरूमाथि’ बिजय गरेको बताएका थिए। 

“हामी सिरियासँग जोडिएको हाम्रो दक्षिणी सीमामा रहेका सुरक्षा क्षेत्रका हराएका स्थलहरूको खोज पूरा गर्नेछौँ ।”

अङ्काराले सन् २०१६ देखि उत्तरी सिरियाको सीमा क्षेत्रबाट कुर्दिश सेनालाई देश निकाला गर्न लगातार स्थलगत अभियान सञ्चालन गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ