arrow

उरुग्वेलाई कोपा अमेरिकामा तेस्रो स्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
copa-america-2024-uru-can.jpg

काठमाडौँ । उरुग्वेले कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान भएको तेस्रो स्थानको भिडन्तमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडा पेनाल्टी सुटआउटमा पराजित भएको हो । 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलाइएको पेनाल्टी सुट आउटमा उरुग्वे ४–३ ले विजयी भयो । 

उरुग्वे १५ पटकको कोपा अमेरिका च्याम्पियन हो । ु
सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो भने उरुग्वेलाई कोलम्बियाले १–० ले हराएको थियो । 

उपाधि भिडन्त सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार ५ः४५ बजे शुरु हुनेछ । 

अर्जेन्टिना १५ पटकको च्याम्पियन हो । यसपालिको उपाधि जित्दा सर्वाधिक कोपा अमेरिका जित्ने कीर्तिमान लेखाउने छ । अर्जेन्टिना साविक विजेता पनि हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ