arrow

एलन मस्कले ट्रम्पलाई ठूलो रकम चन्दा दिएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
elon-musk-donald-trump.jpg

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पसँग सम्बन्धित राजनीतिक समूह ‘अमेरिकन पीएसी’ लाई चन्दा दिएका छन् । यो समूह अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित काम गर्दछ । 

ब्लुमबर्गको रिपोर्टका अनुसार अमेरिकी पीएसीले प्राप्त गरेको चन्दाको रकम अझै खुलाइएको छैन, यद्यपि यो ठूलो रकम हुन सक्ने अनुमान गरिएको छ । रिपोर्टका अनुसार अमेरिकी पीएसीले जुलाई १५ मा दाताहरुको नाम सार्वजनिक गर्नेछ ।

केहि महिना अघि, एलन मस्कले ट्रम्प वा बाइडेनलाई चन्दा नदिने बताएका थिए । मार्च २ मा, ट्रम्पले मस्क र रिपब्लिकन पार्टीसँग सम्बन्धित अन्य धेरै धनी दाताहरूसँग भेट गरेका थिए, जसका तस्बिरहरू मिडियामा लिक भएका थिए ।

यो भेटपछि ट्रम्पले राष्ट्रपतिको चुनावी अभियानका लागि मस्कसँग आर्थिक सहयोग मागेको दाबी गरिएको थियो ।

मस्कलाई उनका केही बयानका कारण बाइडेनको प्रतिद्वन्द्वी मानिएको छ । उनले पछिल्लो चुनावमा बाइडेनलाई समर्थन गरेका थिए । यसअघि ट्रम्प र मस्कबीचको सम्बन्ध राम्रो थिएन तर पछिल्ला वर्षमा उनीहरुको सम्बन्धमा सुधार आएको छ ।

मस्कले बाइडेन सरकारको अध्यागमन नीतिमा धेरै पटक कडा टिप्पणी गरेका छन् । उनीहरूले खुलेआम बाइडेन सरकारले जानाजानी मेक्सिको सीमाबाट घुसपैठ गर्न अनुमति दिइरहेको आरोप लागाउदै आएका छन् ।

अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच सबैभन्दा बढी प्रतिस्पर्धा हुने सम्भावना छ । दुवै नेता दोस्रो पटक राष्ट्रपतिमा उम्मेदवार हुनेछन् । यद्यपि राष्ट्रपति बाइडेनको दाबीलाई लिएर डेमोक्र्याटिक पार्टीमा राजनीति तीव्र भएको छ ।

जुन २७ मा भएको पहिलो बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको खराब प्रदर्शनका कारण राष्ट्रपति जो बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम ुमोर्निङ जोुका होस्ट स्कारबोरोले पूर्व राष्ट्रपति बाराक ओबामाले बाइडेन ह्वाइट हाउसको दौडबाट बाहिर होस् भनेर गोप्य रूपमा काम गरिरहेको दाबी गरेका छन् ।

स्कारबोरोले ओबामाका प्रमुख सहयोगीहरूले बहसदेखि नै बाइडेनको निरन्तर आलोचना गर्दै आएका छन् । ओबामाका पूर्व सहयोगी जोन फभरेउ र अभिनेता जर्ज क्लुनीले बाइडेनको प्रदर्शन निरन्तर घट्दै गएको आरोप लगाएका छन् । अब बाइडेनको टोली र केही डेमोक्र्याटहरूले यो सबै पछाडि ओबामाको हात रहेको महसुस गर्छन् ।

यसैबीच ८१ वर्षीय बाइडेन राष्ट्रपतिको दौडमा रहन अडिग छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिले आफू शासन गर्न सबैभन्दा योग्य भएको दाबी गरे । यसअघि बाइडेनले भगवानले मात्र उनलाई राष्ट्रपतिको दौडबाट बाहिर निकाल्न सक्नुहुन्छ भनेका थिए ।

डेमोक्र्याटिक पार्टीका केही ठूला दाताहरूले बाइडेनले राष्ट्रपतिको चुनावको दौडबाट पछि नहटेको कारण ७५० करोडको चन्दा फ्रिज गरेका छन् ।

डोनर फ्युचर फरवार्डले बाइडेनको जितको सम्भावना लगातार घट्दै गएको बताउँछन् । यस्तो अवस्थामा उनले यसअघि दिएको ७५० करोड रुपैयाँको चन्दा तत्कालका लागि रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ