arrow

खुल्यो ट्रम्पलाई गोली हान्ने युवकको परिचय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
trump-attack-24-7-14r.jpg

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबीआईले गोली हान्ने युवक २० वर्षीय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ ।

पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन् । एफबीआईले यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ । युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ