arrow

सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव भए कार्यान्वयनमा सजिलोः शशांक कोइराला

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
Sashanka-koirala.jpg.jpeg
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।  
 
सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राखेका हुन् ।  
 
कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए । 
 
सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए । 
 
सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक भएका कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने विचार राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ