arrow

कोपा अमेरिकाको फाइनल खेल एक घण्टा २२ मिनेट ढिला गरी शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
copa-america-2024-final-24-.jpg

काठमाडौँ । अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समय भन्दा एक घण्टा २२ मिनेट ढिला गरी शुरु भएको छ । 

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि शुरु हुनुपर्ने खेल ७ बजेर ७ मिनेटदेखिमात्र शुरु भएको छ । 

स्टेडियममा फ्यानहरुको भीड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । 

आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा २२ मिनेट ढिलो भएको हो । मिडिया रिपोर्टका अनुसार प्रहरीले केही समर्थकहरुलाई हिरासतमासमेत लिएको छ ।

अत्यधिक गर्मीका कारण कयौँ समर्थकहरु बेहोशसमेत भएको र उनीहरुलाई उपचार गरिएको दृश्यसमेत सार्वजनिक भएका छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ