arrow

कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिना भन्दा कोलम्बिया हाबी, गोलरहित बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
copa-america-2024-arg-col-1.jpg

काठमाडौँ । अमेरिकाको मियामीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिडिरहेका छन् । 

१ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको पहिलो हाफसम्म गोलरहित बराबरी भएको छ । 

खेलमा कोलम्बिया हावी भएको छ । अर्जेन्टिनाले पहिलो मिनेटमै गोलका लागि आक्रमण गरेको र दोस्रो मिनेटमै कर्नर हान्ने मौका पाए पनि खेल अवधिमा कोलम्बिया हावी रह्यो । 

कोलम्बियाले बल पोसेसनमा ५१ प्रतिशत ओगटेकामा गोलका लागि ४ प्रहार गरेको थियो । 

अर्जेन्टिनाका गोलपिकरले चार वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी खेलेको छ । कोलम्बियाले ५ फाउल खेल्दा अर्जेन्टिनाले २ फाउलमात्र खेल्यो । 

कोलम्बियाका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ