arrow

प्रकाशमानको नेतृत्वमा सरकारमा जाँदै कांग्रेस, यी हुन् मन्त्रीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको छ । कांग्रेसले पाएको नौ मन्त्रालयमा प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित जानेछन् । 

अन्य सम्भावित मन्त्रीहरूमा रमेश लेखक, आरजू राणा देउवा, किशोर सिंह राठोर, अजय चौरसिया, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, हृदयराम थानी रहेका छन् । 

यो नै अन्तिम नाम हैन । गए मध्यरातिसमेत पनि नेताहरु छलफलमा जुटेकाले त्यो प्रयास अहिले बिहानसमेत भइरहेको छ । 

जीवन परियार, लीला बोखिम, विनोद चौधरी र प्रतिमा गौतम पनि मन्त्रीका आकांक्षी भएका र पटक पटक नाम आएका भएकाले अन्तिम समयमा मात्रै बुढानीलकण्ठले कसलाई शपथका लागि पोशाक लगाएर आउन शीतल निवासमा बोलाउँछन् भन्ने कौतुहल रहेको छ । 

साथै डा. शशांक कोइरालाले दीपक खड्कालाई कुनै पनि हालतमा मन्त्री बनाउन दबाब दिएको भए पनि उनको नाम अन्तिम समयमा काटिएको स्रोतले बताएको छ । 

महामन्त्री गगनकुमार थापाले समावेशीका आधारमा मन्त्री बनाउन शुरुआतदेखि नै दबाब दिइरहेकाले त्यसको सन्तुलन मिलाउन देउवालाई पनि अप्ठेरो भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ