arrow

कोपा अमेरिका फाइनल

नियमित ९० मिनेटको खेल गोलरहित बराबरीमा, मेस्सी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
copa-america-2024-arg-col-3.jpg

काठमाडौँ । अमेरिकाको मियामीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिडिरहेका छन् । 

१ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ । 

अतिरिक्त समयको खेल भइरहेको छ । गोल भने हुन सकेको छैन । खेलमा कोलम्बिया हावी भएको छ । 

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने घाइते भएर मैदान बाहिर रहेका छन् । उनी रोएका छन् । 

कोलम्बियाले बल पोसेसनमा ५३ प्रतिशत ओगटेकामा गोलका लागि आधा दर्जन प्रहार गरेको छ ।

अर्जेन्टिनाका गोलपिकरले चार वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी खेलेको छ । कोलम्बियाले १६ फाउल खेल्दा अर्जेन्टिनाले ६ फाउलमात्र खेल्यो । 

दुवै टिमका एक एक खेलाडीले पहेँलो कार्ड पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ