arrow

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मार्टिनेजको निर्णायक गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
copa-america-2024-arg-final.jpg

काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीमा सोमबार बिहान भएको फाइनलमा कोलम्बियामाथि १–० को जित हासिल गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक उपाधि जितेको हो । 

अर्जेन्टिनाका लागि खेलको ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । 

१ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको आठ मिनेट बाँकी छँदा मार्टिनेजले शानदार गोल गरेका हुन् । उनी यो कोपाको सर्वाधिक गोलकर्ता हुन् । उनले ५ गोल गरे । 

खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने घाइते भएर ६६ औँ मिनेटमा बाहिरिएका थिए । उनीमाथि फाउल भएपछि पटक पटक आँशु चुहाएका थिए । 

कोलम्बियाले बल पोसेसनमा ५३ प्रतिशत ओगटेकामा गोलका लागि आधा दर्जन प्रहार गरेको छ ।

फाइनलमा अर्जेन्टिनाका गोलपिकरले आधा दर्जन कोलम्बियाका प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी नै खेल्यो । कोलम्बियाले १६ फाउल खेल्दा अर्जेन्टिनाले ६ फाउलमात्र खेल्यो । 

कोलम्बियाका दुई तथा अर्जेन्टिनाका दुई खेलाडीले पहेँलो पहेँलो कार्ड पाएका छन् ।

अर्जेन्टिनाले सबैभन्दा बढी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । उसले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

उरुग्वेले १५ पटक उपाधि जितेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ