arrow

गर्मीका कारण पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
japan-hot-air.jpg

काठमाडौँ । तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ । 

हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ । स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैँचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो । पाँचौँ मृतक मध्य लाजियोका रहेका छन् । 

जुन रोम वरपरको क्षेत्र हो । समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ । राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए । 

लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन् । गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जङ्गलमा आगलागी भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ