arrow

संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौँ - कानूनमन्त्री चौरसिया [भिडियो]

८-१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
ajaya-chaurasiya.jpg

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन् । मंगलबार मन्त्री चौरसियाले सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए । उनले विगत ८-१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए । 

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाई थियो । 

उनले भने,‘संविधानमा भएका कमीकमजोरीहरू, ८-१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी हो । त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमति पनि भएको छ–संविधानमा जहाँ जहाँ समस्या भएको छ । त्यो खाडलहरूलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौँ । यहाँहरूको कुनै अप्ठ्यारो भए त्यो फुकाउने काम कानूनीमन्त्रीको नाताले मैले गर्छु । हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ