arrow

मोदीले बनाए सामाजिक सञ्जालमा विश्व कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
narendra-modi-24-7-14.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा कीर्तिमान बनाएका छन् । उनका एक्समा १० करोड फलोअर भएका छन् । 

यो नै विश्व कीर्तिमान हो । अहिलेसम्म कुनै पनि विश्वका नेताका एक्समा यतिधेरै फलोअर रहेका थिएनन् । 

उनी विश्वकै पहिलो नेता हुन् जसका फलोअर १० करोड रहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका ३.८ करोड फलोअर्स रहेका छन् । 

पछिल्लो तीन वर्षमा मात्रै उनका तीन करोड फलोअर बनेका छन् । तेस्रो नम्बरमा टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानका २ करोड १५ लाख फलोअर रहेका छन् । 

मोदी सन् २००९ देखि एक्समा जोडिएका थिए । भारतीय नेताहरुमा पनि मोदी सबैभन्दा अगाडि छन् । 

दोस्रो स्थानका भारतीय विपक्षी दलका नेता राहुल गान्धीका २ करोड ६४ लाख फलोअर रहेका छन् । 

त्यस्तै अरविन्द केजरीवालका २ करोड ७५ लाख तथा समाजवादी पार्टीका अखिलेश यादवका १ करोड ९९ लाख फलोअर रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ