arrow

होटलको कोठामा छ जना विदेशी नागरिकको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
Thailand_South.jpeg

काठमाडौँ । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । 

“सङ्घर्षको कुनै सङ्केत थिएन”, प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, “उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ ।” उनले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई खारेज गरे ।

प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए । तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो ।

सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव प्राप्त भएको र प्रहरीलेसाँझ साढे चार बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुग्नुभएको थियो । उनले उक्त घटनामा सातौँ भियतनामी संलग्न रहेको आशङ्का गरे । 

बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले अतिथिहरू दिउँसो होटलबाट चेकआउट गर्न असफल भएको बताए । “कर्मचारीहरूले शव फेला पारे र उनीहले होटलका अधिकारीहरूलाई र त्यसपछि पुनः प्रहरीलाई सूचित गरे”, उनले भने । 

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे । 

“हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ”, उनले भने, “उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको प्रमाणित गर्नुछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ