arrow

५३ वर्षयताकै सबैभन्दा तातो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
japan-hot-air.jpg

काठमाडौँ । टर्किएले गत ५३ वर्षयताकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको मुलुकको राज्य मौसम विज्ञान सेवाले जनाएको छ ।

 भर्खरै प्रकाशित प्रतिवेदनमा सेवाले देशभरको औसत तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस रहेको बताएको छ । यो सन् १९९१ देखि सन् २०२० सम्मको जुन औसतभन्दा तीन दशमलव छ डिग्री सेल्सियसले बढी हो ।

 राज्य मौसम विज्ञान तथ्याङ्कअनुसार जुन २० मा दक्षिणपूर्वी प्रान्त सानलिउर्फामा ४७ दशमलव आठ डिग्री सेल्सियससम्मको उच्चतम तापक्रम रेकर्ड गरिएको थियो ।

 टर्किएको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर इस्तानबुलमा यस हप्ताभरि तापक्रम ३३ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहने अनुमानका साथ जुलाईमा गर्मीको प्रकोप बढेको छ ।

 मङ्गलबार इस्तानबुलको प्रकोप समन्वय केन्द्रले एक करोड ६० लाख बासिन्दाहरू सहरका लागि गर्मी बढ्ने उल्लेख गर्दै चरम गर्मीमा आवश्यक नभएसम्म बाहिरी गतिविधिहरू कम गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ