arrow

लाइसेन्स नहुँदा टाइगर वानमा क्यासिनो बन्द, जहाँ जान्थे १८ वर्षभन्दा कम उमेरका

logo
नारायण वली,
प्रकाशित २०८१ साउन २ बुधबार
tiger resort1.jpg

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित टाइगर प्यालेस रिसोर्टमा रहेको टाइगर प्यालेस क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट सर्भिसेज केटीएम प्रालीको नाममा सञ्चालन हुँदै आएको क्यासिनो दर्ता भए पनि लाइसेन्स नहुँदा साउन १ गतेदेखि बन्द भएको छ ।

यसभन्दा अगाडि सञ्चालन गर्दै आएको विदेशी कम्पनीले बिक्री गरेपछि नयाँ व्यवस्थापन टिम बुद्धिसागर सुवेदीको टिमले किनेको हो । कोरोनाकालमा एकैपटक करिब ४ सय जना कर्मचारीहरुलाई बिना जानकारी निकालेको र स्थानीय राजकुलो मिचेर रिसोर्ट बनाएको लगायत विवादमा मुछिएको टाइगर रिसोर्ट पछिल्लो समय क्यासिनो नियमावली विपरीत चलाएको पाइएको हो।

प्रचलित नेपालको कानूनअनुसार क्यासिनोमा विदेशी नागरिक मात्रै जान पाउने र १८ वर्ष मुनिकालाई लैजान नपाउने भए पनि टाइगर प्यालेस रिसोर्टमा पछिल्लो समय लाइसेन्स नभएको रोयल टाइगर रिक्रिएसन प्रालीले चलाउँदै आएको क्यासिनोमा १८ वर्ष मुनिका गएको हाम्राकुरालाई प्राप्त भिडियोमा देखिएको छ ।

असार १५ गतेको भिडियोमा देखिन्छ । यसरी १८ वर्ष मुनिका बालबालिकालाई लैजान नपाउने क्यासिनो नियमावली २०७० को नियमावलीमा उल्लेख छ। 

यसअघिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालीले बिक्री गरेर गइसकेको छ । नियमावलीको नियम १६ मा लेखिएका अतिरिक्त बुँदा नम्बर च मा लेखिएको छ 'तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिकामा सब कन्ट्रयाक्टले क्यासिनो सञ्चालन गर्न गराउन पाइने छैन।'

टाइगरमा सोही प्रकारको समस्या देखा परेको छ। पुरानो नामलाई देखाउँदै रवि धिताल समूहले असार मसान्तसम्म चलाएको पाइएको हो । नयाँ व्यवस्थापनले रोयल टाइगर रिक्रिएसनका नाममा क्यासिनो चलाउन खोजेको भए पनि दर्ता भएको तर लाइसेन्स नभएका कारण बन्द हुन पुगेको स्रोतले जनाएको छ ।

नियमावलीले तेस्रो पक्षसँग सम्झौता वा कुनै तरिकाको सब कन्ट्रयाक्ट गरेर चलाउन नपाइने स्पष्ट लेखिएको छ। पुरानै कम्पनीमा नयाँ व्यवस्थापनले क्यासिनो चलाउँदा गैरकानूनी रुपमा चलाएको पाइए पनि स्थानीय प्रशासन बने बेखबर भएको पाइएको छ।

भारतीय नागरिकहरु १८ वर्षदेखि मुनिका प्रवेश गर्ने गरिएको स्रोतले जनाएको छ । नयाँ व्यवस्थापनले अर्को क्यासिनोको नाम दर्ता गरे पनि  उक्त नाममा लाइसेन्स भने छैन ।

लाइसेन्सको प्रक्रियामा रहेको बताइएको छ । तर क्यासिलो सञ्चालन ऐन नियमावलीमा भने तेस्रो कम्पनीलाई चलाउन दिने नपाइने उल्लेख छ। यस सम्बन्धमा टाइगर वान प्रालीमा सञ्चालन हुँदै आएको क्यासिनोका प्रमुख रुपक गौतमलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आएनन् । 

यता रुपन्देही जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता मनोहरप्रसाद भट्टले भने, 'रुपन्देहीमा रहेका क्यासिनोमा भारतीय नागरिकहरु आउने गर्छन्, हामीले सूक्ष्म रुपमा हेर्ने गरेका छौँ । क्यासिनो भित्र के के हुन्छ भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ ।'

१८ वर्ष मुनिका किशोरहरु गए नगएबारे सम्बन्धित क्यासिनो सञ्चालन गर्नेले हेर्नुपर्ने यसको जिम्मेवारी हुनुपर्ने बताए ।

स्थानीय प्रहरीको मिलोमतोमा त्यस्ता प्रकृतिका व्यक्तिहरु प्रवेश गराइन्छ भन्ने स्थानीयहरुको आरोप छ खासमा के होला ? भन्ने जिज्ञासामा उनले भने, 'त्यो मिथ्था हो, प्रहरीले त्यो काम गर्दैन हामीले नियम र नीतिलाई पालना गर्ने र गराउने तर्फ लाग्छौँ ।

यता पर्यटन विभागका अनुसार गत असारमा भएको सम्झौतामा श्रमको विषयमा श्रमिकहरुले पारिश्रमिक नपाएको भन्दै श्रम अदालतमा मुद्धा दायर गरेको विषयलाई टुंगोमा नपुर्याउँदासम्म क्यासिनोको लाइसेन्स प्रक्रिया अगाडि नबढ्ने उल्लेख गरिएको विभागका एक कर्मचारीले बताए । 

नियमावलीमा यस्तो छः 
क्यासिनो सञ्चालन सम्बन्धी व्यवस्था परिच्छेद ३ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थानमा प्रवेश गर्न नपाउने यस्तै क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको अभिलेख व्यवस्थापन गर्न इजाजत प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारीलाई क्यासिनो स्थलमा प्रवेश गर्नको लागि परिचयपत्र जारी गर्नुपर्ने उल्लेख छ ।

इजाजत प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारी र खेलाडी क्यासिनो स्थानमा प्रवेश गर्दा र बाहिर निस्कँदा रजिस्टरमासमेत जनाएर प्रवेश गर्ने र निस्कने व्यवस्थाको लागि छुट्टाछुट्टै रजिस्टर राख्नुपर्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ