arrow

जहाजका ४४ कन्टेनर हराएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
japan-south-korea-ship-sink-cargo-ship.jpg

काठमाडौँ ।  गत साता समुद्रमा फ्रान्सेली स्वामित्वको एउटा जहाजबाट हराएका ४४ कन्टेनरका लागि अधिकारीहरूले बुधबार दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी कार्य जारी राखेको समुद्री निकायले बताएको छ । 

दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरण (एसएएमएसए) ले एसियाबाट ले हाभ्रेतर्फ गइरहेको अल्ट्रा–लार्ज कन्टेनर जहाजले जुलाई ९ मा डरबन सहर नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको बताएको छ । 

एसएएमएसएका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन उक्त क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताए । “हामीले पानीजहाजहरूबाट जानकारी प्राप्त गरको छौँ, तीमध्ये केहीले यस क्षेत्रमा कन्टेनर देखेका छन् तर हाम्रो हवाई सर्वेक्षणमा अहिलेसम्म कुनै कन्टेनर प्राप्त भएको छैन”, उनले भने ।

फ्रान्सेली लजिस्टिक्स फर्म सिएमए सिजिएमको स्वामित्वमा रहेको माल्टिज–ध्वजाङ्कित बेन्जामिन फ्रेङ्कलिनमा कन्टेनर स्ट्याक खसेपछि कार्गो हरायो । अन्य ३० कन्टेनरमा क्षति पुगेको छ । “समुद्रमा हराएका सबै कन्टेनरमा हानिरहित सामान थिए र कुनै खतरनाक सामान थिएनन्”, गत साता सिएमए सिजिएमले विज्ञप्तिमा भनेको थियो । 

गत सता केप अफ गुड होपमा भयानक आँधीले ढुवानीलाई गम्भीररूपमा अवरोध गरेको थियो । यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा हालका महिनाहरूमा यस मार्गमा यातायातमा वृद्धि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ