arrow

आगलागीमा परी सात जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
fire-france-24-7-18-AFP.jpg

फ्रान्स । दक्षिणी फ्रान्सेली सहर निसको मजदुर वर्गको नजिकमा रहेको आवासीय भवनमा रातभर आगलागी हुँदा सात जनाको मृत्यु भएको बिहीबार अग्नि नियन्त्रकहरूले बताएका छन् ।

उद्धारकर्तालाई लगभग २ः३० बजे आगलागी बारे सूचना गरिएको उल्लेख गर्दै आगलागीको कारण अझै अज्ञात रहेको बताएका  छन् ।  पर्याप्त स्रोतहरू तैनाथ भए तापनि दुर्भाग्यवश आगलागीमा सात जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।  

आगलागी बाट पिडितहरुलाई  आपतकालिन रूपमा अस्पताल लगि अस्पतालमा भर्ना गरिएको थियो ।

उद्धारकर्ताहरूले भवनको सातौं तलामा हिंसात्मक आगलागीको सामना गरेको जनाउदै तीनवटा हवाई सिढीबाट दर्जनौँलाई उद्धार गरी भवन खाली गरिएको जनाएका छन् । 

उनीहरुले २५ वटा फायर इन्जिन र ७२ वटा अग्नि नियन्त्रकमा संलग्नतामा आगो नियन्त्रणमा लिएको जनाएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ