arrow

संविधानले निर्धारण गरेको दायरा अनुसार काम गर्छु- महान्यायाधिवक्ता बडाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
ramesh-badal.jpg

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताएका छन् । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै उनले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरू गर्ने बताए । 

उनले शिरमा संविधान र कानूनलाई राखेर आफूहरूले काम गर्ने प्रतिबद्धता जनाए । उनले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताए । अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्ने प्रतिबद्धता जनाए ।
 
उनले भने, ‘संविधानले जे दायरा निर्धारण गरेको छ । त्यो दायराअनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाही गर्नेछ । यो काम गरिरहँदा हामीले सबैभन्दा शिरमा संविधान र कानूनलाई राख्नेछौँ । संविधान र कानूनले जे निर्दिष्ट गर्छ, त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट कुनै पनि काम हुँदैन । अभियोजन गर्दा हामीले जो व्यक्ति दोषी छ, ती व्यक्तिलाई मात्रै अभियोजन गर्ने, निर्दोष व्यक्तिलाई अभियोजन नगर्ने, अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्नेछौँ ।’

महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताए । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ