arrow

धनराज पुगे पहिरो प्रभावित क्षेत्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
dhanraj-gurung-syangja.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले बिहीबार स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन् ।

गत असार २१ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पु-याएका भीरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्तीको निरीक्षण गरेका हुन् । 

विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएका परिवार र विस्थापित परिवारलाई उनले व्यक्तिगत रुपमा जनही रु १० हजार सहयोग उपलब्ध गराए ।

पूर्वमन्त्रीसमेत रहेका गुरुङले बिहीबारै भीरकोट नगरपालिका–५ ज्यामिरेमा गत असार २२ गते पहिरोमा पुरिएर ज्यान गुमाएकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु १० हजार उपलब्ध गराए । 

भीरकोट–६ को फोक्सिङमा पहिरोले विस्थापित हुनुभएका भक्तबहादुर थापाको परिवारलाई पनि उनले नगद रु १० हजार उपलब्ध गराए । 

“नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले व्यक्तिगत रुपमा जे सकेँ त्यो सहयोग गरेँ”, उनले भने, “जनधन क्षति भएकालाई क्षतिपूर्तिको व्यवस्था र आवास निर्माणका लागि आवश्यक पहल गर्नेछु ।”

भीरकोट–५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोका कारण आठ घर जोखिममा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ