arrow

आरक्षण विरुद्धको आन्दोलनले बंगलादेश अस्तव्यस्त, १९ जनाको मृत्यु, सयौँ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
bangladesh-protest-24-7-19.jpg

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ ।

स्थानीय मिडियाहरुले सयौँ मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसैबीच, बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बीटीभीको प्रसारण रोकिएको छ । 

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । 

अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन शुरु भएको हो ।

बंगलादेशस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरुलाई अत्यावश्यकीय काम बाहेक बाहिर ननिस्कन आग्रह गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ