arrow

बीपी स्मृति दिवसमा कविता प्रतियोगिता

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ साउन ४ शुक्रबार
bp-koirala-11.jpeg
तस्बिर – फाइल ।

मोरङ । नेपाली कांग्रेस मोरङ कार्यसमितिले जननायक बीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

साउन ६ गते आइतबार हुने यस प्रतियोगितामा सबै उमेर समूह र स्थानका इच्छुक व्यक्तिहरूले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

कार्यक्रम सुनवर्षी नगरपालिकको वडा नं ९ स्थित बीपी सेवा केन्द्र (डाइनिया, मोरङ) मा मध्यान्ह १२ बजे शुरु हुनेछ । आयोजकले सहभागीहरूलाई बीपी कोइरालासँग सम्बन्धित कविता प्रस्तुत गर्न आग्रह गरेको छ । 

कार्यक्रम संयोजक विरेन्द्रकुमार शाहले थप जानकारीका लागि इच्छुक व्यक्तिहरूलाई ९८०४०५५२६५ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

यो प्रतियोगिता बीपी कोइरालाप्रति सम्मान प्रकट गर्ने र उनका विचार तथा योगदानलाई सम्झने उद्देश्यले आयोजना गरिएको शाहले बताए । यसले स्थानीय कवि र साहित्यप्रेमीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पनि प्रदान गर्ने उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ