काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष कूलप्रसाद न्यौपानेमाथि गोली प्रहार भएको छ । दिउँसो प्रदेश नं ५ विखण्डनको विरूद्ध प्रदर्शनमा गएका न्यौपानेलाई घर आएपछि घरमा बसिरहेको अवस्थामा गोली प्रहार गरिएको संघका वाणिज्य तर्फका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । गोलीले शरीरमा नलागेकोले उनलाई चोट भने लागेको छैन ।
उता उनलाई गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गल्लामण्डी स्थित उनकै घरमा पुगेर गोली प्रहार गर्ने एकजनालाई रुपन्देहीको मेनरोडबाट हतियार सहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए । उनको सनाखत गरिएको छैन ।