- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कम्बोडियाको अलैँची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँच वटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो सङ्ख्या हो ।
एक संरक्षणवादी समूहले उक्त गुँडहरू फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ ।
विश्वभर करिब १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् ।