arrow

बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन: अहिलेसम्म ११५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
bangladesh-curfew-2024.jpg

काठमाडौँ। बङ्गलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारेदेखि देशभर कडा कर्फ्यु लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो।

सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११५ नाघेको छ ।

बङ्गलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौँ मानिस घाइते भएका छन् । शनिवार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

देशमा लागू गरिएको कर्फ्यु शनिवार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यु लगाएसँगै बङ्गलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । 

अवस्था अस्थिर बनेपछि बङ्गलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउँदै छ ।

त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौँ नागरिकले बङ्गलादेश छोड्ने क्रम जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ