arrow

तेल साइट भत्किँदा तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
indian-oil1.jpg

काठमाडौँ । दक्षिणपूर्वी टर्किएमा आइतबार एक तेल ड्रिलिङ प्रतिष्ठान भत्किँदा कम्तीमा तीन जना कामदार घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यो दुर्घटना बहुसङ्ख्यक कुर्दिश सिर्नाक प्रान्तको माउन्ट गाबर क्षेत्रमा ड्रिलिङ साइटमा भएको थियो ।

“ड्रिलिङ साइटको भग्नावशेषमुनि फसेका घाइतेमध्ये दुई जनालाई उद्धार गरिएको र तीमध्ये एकलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ”, प्रान्तीय गभर्नर सेभडेट अटेले दुर्घटनास्थलको भ्रमण गरेपछि भने ।

यहाँ भग्नावशेषमा फसेका अन्तिम कामदारको उद्धार गर्ने प्रयास जारी छ । टर्किए पेट्रोलियम कर्पोरेशनले सन् २०२२ मा यस क्षेत्रमा तेल ड्रिलिङ गर्न थालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ