arrow

रविले अध्यागमनमा पठाएका कोषहरीको सेटिङ बढ्दो क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
koshhari-niraula-.jpg

काठमाडौँ । माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारको प्रमुख हिस्सेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यागमन विभागमा महानिर्देशक बनाएर पठाएका कोषहरी निरौलाको फूर्ति केपी ओली प्रधानमन्त्री भएपछि झनै बढेको छ ।

उनको फूर्ति मात्रै हैन अध्यागमनबाट उनले सेटिङमा उठाउने धन्दा पनि बढेको छ । कोषराजकै संयोजनमा भिजिट भिसाका नाममा मध्यपूर्वका खाडी देशहरुमा जाने नेपालीहरुबाट मात्रै दैनिक करौडौँ रकम उठाइने गरेको जानकारहरु बताउँछन् । 

मध्यपूर्वका देशमा भिजिट भिसामा अनधिकृत रुपमा पठाउने गिरोह अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सक्रिय रहेको पाइएको छ । महानिर्देशक निरौलाले संरक्षण गरेको गिरोह नेपालीलाई भिजिट भिसामा मध्यपूर्व पठाएर पैसा कुम्ल्याउन व्यस्त रहेको उच्च स्रोत बताउँछ । निरौलाले संरक्षण गरेको यो गिरोहलाई विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत शुरेश पन्थीले सहयोग गर्दै आएकोसमेत स्रोत बताउँछ  ।  

महानिर्देशक निरौला र पन्थीले विभाग र अध्यागमन कार्यालयलाई एक किसिमले मानव तस्करी अड्डाका रुपमा प्रयोग गर्दै आएकाप्रति अन्य निकायहरु बेखबर जस्तै रहेका छन् । 

२०८० चैतबाट विभागीय नेतृत्व गर्न पुगेका निरौलाले संरक्षण गरेपछि अध्यागमन कार्यालयको काम कम्पनीले दिएको नामावली अनुसार भिजिट भिसामा जानेहरुलाई सहजीकरण गर्ने दलाली कार्यालयमा परिणत हुन पुगेको छ ।

यसका लागि निरौलाले करिब दर्जन अधिकृत र नायव सुब्वाहरुलाई मध्यपूर्व पठाउने विभिन्न कम्पनीका एजेन्टहरुसँग समन्वय गर्न खटाएका छन् ।

सरकारी कार्यालयमै बसी उनीहरु सरकारको जिम्मेवारी पूरा गर्ने भन्दा पनि कम्पनीको एजेण्ट बनेर उनीहरुको स्वार्थ पूरा गर्न लागिरहेका छन् । निरौलाले खटाएका कर्मचारीहरुको काम कम्पनीले भिजिट भिसामा खटाएका व्यक्तिहरुको जानकारी लिने र तिनलाई अध्यागमन पार गर्न सहयोग गर्ने तथा रकम बुझ्ने हुने गरेको छ। यसरी प्राप्त रकम विमानस्थलका कर्मचारी, गृह मन्त्रालयका कर्मचारी र विभागमा कर्मचारीमा दैनिक बाँडफाँट हुने गरेको स्रोत बताउँछ । 

भिजिट भिसामा जाने एक व्यक्तिको रेट अहिले पुरुषका हकमा २० हजार र महिलाको हकमा ४० हजार रहेको स्रोतको दाबी छ । भिजिट भिसाका नाममा दैनिक सयौँ व्यक्ति अवैध रुपमा विदेश गइरहेको तथ्य सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री लामिछाने, गृहसचिव एकनारायण अर्याल, महानिर्देशक निरौला र प्रमुख अध्यागमन अधिकृत पन्थीले संयुक्त अनुगमन गरेका थिए । 

यो अनुगमनपछि मानव तस्करी भएको भन्दै अध्यागमनले करिब ५ सय नेपालीलाई भिजिट भिसामा जानबाट रोकेको थियो । उनीहरुलाई एयरपोर्टबाटै फर्काइएको थियो । 

त्यसबेलासम्म भिजिट भिसामा जानेहरुबाट निरौलाको सेटिङको गिरोहले पुरुषबाट १० हजार र महिलाबाट २० हजार लिँदै आएको थियो । मन्त्री लामिछाने समेतको निगरानी भएपछि मन्त्री र सचिवलाई समेत बुझाउनु पर्ने भन्दै निरौलाले भिजिट भिसामा जानेहरुको रेट बढाएका थिए ।

अहिले दैनिक ५ सय भन्दा बढी भिजिट भिसामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोडिरहेका छन् । त्यसमध्ये आधाभन्दा बढी महिला हुने गरेको अध्यागमन स्रोत बताउँछ । 

सोझो हिसाब गर्दा पनि अहिले भिजिट भिसामा पठाउने कम्पनीहरुबाट दैनिक करिब २ करोड उठाइँदै आएको छ । संगठित रुपमा भइरहेको मानवतस्करीलाई खुल्ला रुपमा संरक्षण गरेर अनधिकृत रुपमा करौडौँ कुम्ल्याउने निरौलाको धन्दामा मन्त्रालय पनि बेखबर झैँ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ