arrow

छानबिनको घेरामा रहेका विवादित व्यक्तिले संसदमा स्टन्ट गरेः विनोद चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
binod-chaudhary-2080-04-31.jpg
तस्बिर – फाइल ।


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको भनाइप्रति आपत्ति जनाएका छन् । चौधरीले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको घोर आपत्ति जनाएका हुन् ।

पूर्वगृहमन्त्री लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको भनी आरोप लगाएका थिए । 

डलर अर्बपतिसमेत रहेका चौधरी ग्रुपका अध्यक्ष चौधरीले विवादित विगत र वर्तमान भएको तथा अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोखेको भन्दै आपत्ति जनाएका हुन् । 

चौधरीले ती स्टन्टको राजनीतिबाहेक अरु केही नभएको बताएको दाबी गरेका छन् । रवि लामिछाने दोहोरो नागरिकता विवादमा यसअघि सांसदबाटै बर्खास्तीमा परेका थिए । उनको गृहमन्त्रीको पदसमेत गएको थियो । 

उनको पासपोर्ट प्रकरण अझै टु‌गिसकेको छैन । त्यस्तै सहकारी ठगी प्रकरणमा उनीमाथि संसदीय छानबिन समिति बनेर छानबिन भइरहेको छ । यसरी छानबिन भइरहँदासमेत उनी गृहमन्त्रीकै जिम्मेवारीमा थिए । 

यसै सम्बन्धमा सांसद चौधरीले लामिछानेको हैसियत छर्लङ्ग पारिदिएका हुन् । 

उनले भनेका छन्- 

प्रतिनिधि सभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर  जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन् ।

जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन । 

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साँध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो । 

अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ । 

संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ