arrow

पत्नीविरुद्धको भ्रष्टाचार मुद्दामा प्रधानमन्त्रीले बयान दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
pedro-sanchez-gomez.jpg

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजको व्यापारिक लेनदेन सम्बन्धका परेको भ्रष्टाचार मुद्दमको प्रारम्भिक अनुसन्धानमा जुलाई ३० मा बयान दिने भएका छन् । 

न्यायाधीश जुआन कार्लोस पेनाडोले सान्चेजलाई जुलाई ३० मा बिहान ११ बजे उनको सरकारी निवासमा ‘साक्षी’का रूपमा सुनुवाई गर्नेछन् । 

अदालतले साञ्चेजलाई उनकी श्रीमतीको प्रभावबारे सोधपुछ गरिने जनाएको छ ।

कथित भ्रष्टाचार र प्रभाव तस्करीको अनुसन्धानले सान्चेजलाई आक्रोशित बनाएको छ । उनले आरोपहरू आफू र उनको बामपन्थी सरकारलाई कमजोर पार्ने प्रयासको रूपमा आएका भनी चित्रण गरेका छन् ।

गोमेजले शुक्रबार एक न्यायाधीशको सोधपुछमा चुप लागेर बस्न पाउने आफ्नो अधिकारको आह्वान गरेका थिए। 

जुलाई ५ मा सोही न्यायाधीशसमक्ष केही समय गोमेजलाई सोधपुछ गरिएको थियो । तर उनका वकिलले आफूविरुद्ध परेका सबै उजुरीका बारेमा आफूहरुलाई ‘जानकारी नदिइएको’ र तिनको अध्ययनका लागि समय मागेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

अति दक्षिणपन्थी समूहसँग जोडिएको भ्रष्टाचार विरोधी गैरसरकारी संस्था मानोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले निजी क्षेत्रमा भ्रष्टाचार र प्रभाव फैलाउने काम गरेको आरोप लगाएपछि अप्रिल १६ मा अनुसन्धान सुरु भएको थियो।

दोस्रो उजुरी अति दक्षिणपन्थी सम्बन्ध रहेको एक अति–क्याथोलिक दबाव समूह हाज्ते ओइर (‘मेक योरसेल्फ हर्ड’) ले प्रभाव तस्करीको हवाला दिँदै दायर गरेको थियो ।

सान्चेजले आफ्नी श्रीमतीले कुनै गल्ती नगरेको बताउँदै आएका छन् भने न्यायमन्त्री फेलिक्स बोलानोसले शुक्रबार उनको बचाउ गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ