arrow

र्‍यान एयरको मुनाफामा करिब आधा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
ryanair.jpg

काठमाडौँ । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ । 

र्‍यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ ।

भाडा समायोजनपछि यात्रुको सङ्ख्या भने १० प्रतिशतले बढेर पाँच करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको र्‍यान एयर विमान कम्पनीले जनाएको छ ।

एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ ।

र्‍यान एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ ।

“दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,” प्रमुख कार्यकारी माइकल ओ लेरीले भने । 

उनले थप्ए, “र्‍यान एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको सङ्ख्या आठ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ