arrow

खुल्दै कर्मको ढोका

उपसभामुखले आर्थिक लेनदेन गरेको प्रमाण मसँग छः मुकुल ढकाल

राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफू उक्त प्रमाण दिन तयार रहेको भनाइ, राजीनामा दिएर छवि उँचो बनाउन ईन्दिरालाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
rsp-mukul-dhakal-always.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले उपसभामुख ईन्दिरा राना मगर प्रकरणमा आर्थिक लेनदेन भएको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् । 

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले रानाले आर्थिक लेनदेन गरेको उजुरी आएको र पछि नौ लाख रुपैयाँ फिर्ता गरिएको उल्लेख गरे । राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफू उक्त प्रमाण दिन तयार रहेको उनको भनाइ छ । 

आफू महामन्त्रीको हैसियतमा हुँदा यसबारे छानबिन माग गरे पनि नेतृत्वले नजरअन्दाज गरेको उनले बताए । शुरुमा आफूले घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले ‘थाहा छैन’ भनेकोसमेत उनले बताए । 

ढकालले अहिलेको अवस्थामा उपसभामुख राना मगरले राजीनामा दिनुपर्ने तर्कसमेत गरे । उनले उपसभामुखको खासै ठूलो भूमिका नभएकाले राजीनामा दिँदा आफ्नो छविलाई उँचो हुने उल्लेख गरे । उनले रानाको विगतको छविकै आधारमा अहिले छानबिन हुनै नहुने ‘रवि लामिछाने’ क्लबको तर्कप्रतिसमेत आपत्ति जनाएका छन् । 

‘उपसभामुख ईन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नैपर्छ। यसो भन्दै गर्दा हामीले यो बिर्सनु हुन्न कि हामी त्यो समाजमा बस्छौँ जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनुभएको थियो’ उनले भनेका छन् । 

यो घटनाबारे थाहा पाउनेबित्तिकै तत्कालीन समयमा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र गृहमन्त्रीका स्वकीय सचिवसमेत रहेका पार्टीका सहकोषाध्यक्ष दीपक बोहोरासम्म कुरा पुर्‍याएको उनले बताए । तर त्यतिबेला ‘रवि लामिछाने क्लब'ले यसबारे बेवास्ता गरेको उनको आरोप छ । 

इलाममा उपचुनाव शुरु भएको र त्यसपछि आफू समीक्षा यात्रामा निस्किएकोले त्यसपछिका घटनाक्रमबारे भने आफूलाई थाहा नभएको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ