arrow

भारतमा बढाइयो व्यक्तिगत आयकरको सीमा, अब कति तिर्नुपर्छ कर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
nirmala-sitaraman-budget-20.jpg

काठमाडौँ । भारतले व्यक्तिगत आयकरको दरमा व्यापक परिवर्तन गरेको छ । नयाँ आर्थिक वर्ष २०२४–२५ का लागि ल्याएको बजेटमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यस्तो घोषणा गरेकी हुन् । 

यस अन्तर्गत ३ लाखसम्म कमाउनेले कुनै पनि कर तिर्नुपर्ने छैन । त्यस्तै ३ देखि ७ लाख कमाउनेले ५ प्रतिशत, ७ देखि १० लाखसम्म कमाउनेले १० प्रतिशत, १० देखि १२ लाखसम्मको लागि १५ प्रतिशत, १२ देखि १५ लाख सम्मका लागि २० प्रतिशत र त्योभन्दा धेरैका लागि ३० प्रतिशत कर तोकिएको हो ।

यसअघि २ लाख ५० लाखसम्म कमाउनेलाई शून्य बजेटको व्यवस्था गरिएको थियो । त्यस्तै, २.५ देखि ३ लाख कमाउनेले ५ प्रतिशत, ३ देखि ५ लाखसम्म कमाउनेले १० प्रतिशत, ५ देखि १० लाखसम्मको लागि २० प्रतिशत र त्योभन्दा धेरैका लागि ३० प्रतिशत कर कायम थियो । 

यो प्रावधानबाट ४ करोड जागिरेलाई फाइदा हुने भारतीय वित्तमन्त्री सीतारमणको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ