arrow

संविधान संशोधनका लागि सघन छलफल हुनुपर्छ : अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
ajayababu-shiwakoti-81-4-8.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संविधान संशोधन गर्न अहिलेदेखि नै सघन छलफल हुनुपर्ने बताएका छन् । 

उनले सरकारले संविधान संशोधन गर्दा राज्यमा बढ्दो खर्च कटौती र समावेशीको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने औंल्याए । उनले समावेशीका माध्यमबाट लाभ लिइरहेकाहरु असतुष्टि हुने अवस्था सिर्जना हुन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा उनले राजनीतिक दलहरुको नियतप्रति पनि आम जनताले आवाज उठाइरहेको बताए ।

‘क्लष्टरका नाममा धेरैले जागिर पाएका छन् तर मानिसहरु असतुष्ट छन् । समावेशी बचाउने नाममा संख्या घटाउँदा असन्तुष्टि बढ्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ । सरकारमा दलित समुदायको उपस्थित नहुनु दुर्भाग्य हो तर समुदायहरु आफैँ जागरुक हुनुपर्ने देखिन्छ’, उनले थपे,‘संविधान संशोधन गर्दा अस्थिरता बढ्ने कुरामा राजनीतिक नियत पनि हाबी हुने देखिन्छ ।' 

शिवाकोटीले २०८२ को अन्तिमतिर संविधान संशोधनको प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ