सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कैलाली पुगेका प्रचण्डविरुद्ध प्रदर्शन
एमाले जिल्ला अध्यक्षसहित थुप्रै पक्राउ
प्रकाशित २०७३ मंसिर २२ बुधबार
1.1k
Shares
कैलाली । धनगढीमा वुधबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्वस उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध विपक्षी एमालेसहित दलका नेता कार्यर्ता प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री दाहालको कैलाली आगमनलाई लक्षितगरी ठाउँ–ठाउँमा अवरोध गर्न खोज्ने २० बढी पक्राउ समेत परेका छन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच निकै सयम तनाव भयो ।
प्रधानमन्त्रीविरूद्ध प्रदर्शनमा उत्रिएका एमाले जिल्ला अध्यक्ष दीर्घ बुढारीसहित थुप्रै पक्राउ परेका प्रहरीले जनाएको छ । दाङ हुँदै प्रधानमन्त्री दाहाल हेलिकोप्टर मार्फत कैलाली पुगेका हुन् ।